एफआईकेकेद्वारा रक्तदान सुनाकाेठीमा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाल फेडरेशन इन्टरनेशनल कराते क्याेकुशिनकाई संघ (एफआईकेके)काे आयाेजना तथा राेटरी क्लव अफ महाबाैद्ध र राेटरी क्लव अफ काठमाडौं नर्थ इष्टकाे समन्वयमा ललितपुरको सुनाकाेठीमा रक्तदान सम्पन्न भएको छ।

उक्त  रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । शनिवार सम्पन्न रक्तदानमा ३५ जना पुरुष र ५ जना महिला रक्तदाताले रक्तदान गरेकाे एफआईकेकेका ब्रान्च चिफ सिहान महेन्द्र महर्जनले वताए । 

काेराेना महामारीको समयमा हुन सक्ने रगतको अभावलाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयाेजना गरिएको एफआईकेकेका भाइस ब्रान्चचिफ जय देसारले एक्ट प्रो नेपाल डट कम लाई वताए । 

काेराेना महामारीको कारण खेलकुद प्रतियोगिता गर्न नसकेको अवस्थामा रक्तदान कार्यक्रम गरेर भए पनि संस्थागत गतिविधिहरुलाई सक्रिय बनाउन लागि परेकाे एफआईकेकेका सचिव बिक्रम महर्जनले वताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।