सेयर बजारमा सामान्य सुधार, १ दर्जन कम्पनीको मूल्यमा सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सातको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा  सामान्य अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक आइतबार ३ अंकले बढेर १५७५.१८ विन्दुमा कायम भएको छ । यसदिन १८८ कम्पनीको ९२ लाख २३ हजार ७ सय १२ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ७४ करोड २७ लाख ९५ हजार ६ सय  ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको परिसूचक उकालो लागेको छ भने ९ समूहको परिसूचक ओरालो लागेका छन् । 

आज फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २८.६६ अंकले बढेको छ भने होटल समूहको परिसूचक ९६.६५ अंकले घटेको छ ।

आज लगानीकर्ताको रोजाइमा रिलायन्स लाइफ इन्स्योरेन्सको कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै १९ करोड ४७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा र नेपाल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।