प्रि ओपनिङ्ग सेसन: लिबर्टी इनर्जीको सेयर कतिमा भयो कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लिबर्टी इनर्जीको प्राथमिक साधरण सेयर (आइपीओ) आइतबारदेखि कारोबारमा आएको छ ।

भदौ पहिलो साता आइपीओ जारी गरेको कम्पनीले शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गरेसँगै आजदेखि कारोबारमा आएको हो । नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रुपैयाँमा ३ हजार २६० कित्ता सेयर कारोबार भएको हो।

कम्पनीले दोस्रो बजारमा कारोबारका लागि नेप्सेमा १ करोड ५० लाख कित्ता सेयर सूचीकृत गरेको हो। कम्पनीले संस्थापकतर्फको १ करोड १२ लाख ५० हजार कित्ता र सर्वसाधरणको ३७ लाख ५० हजार कित्ता सेयर सूचीकृत गरेको हो ।

यद्यपि आज प्रिओपन सेसनमा कम्पनीको सेयर कारोबार नभएमा भने नियमित सेसनमा कारोबार हुने छैन । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि ‘एलइसी’ संकेत चिह्न प्रदान गरेको छ ।

लिबर्टीले भदौ ३ देखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।