मुटु, मृगौला र मानसिक रोगीलाई कोरोना संक्रमणको जोखिम कति ? कसरी बच्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा विदेशिएका युवाहरुमा मानसिक समस्या देखिने, आत्महत्या गर्ने, विदेश पुगेको केही दिनमा मृगौला खराब भएर फर्कनुपर्ने, हार्डअट्याक लगायत कारणले ज्यान गुमााउने क्रम बढेको कतारमा कार्यरत फिजिसियन डा. नितेश अर्यालले बताएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार ‘वर्तमान सन्दर्भमा नेपाली आप्रवासीहरुको स्वास्थ्य सवाल र उनीहरुको मानसिक स्वास्थ्य’ भर्चुअल कार्यक्रममा बोल्दै उनले विदेशमा कार्यरत नेपाली युवाहरुको मनोबल बढाउनु आवश्यक रहेको बताए ।

कार्यक्रम विदेशमा रहेका विभिन्न आप्रवासी नेपालीहरुमा कोरोनाले पारेको असर तथा मुटु, मृगौला र मानसिक रोगीहरुमा कोभिडको जोखिम सम्बन्धमा केन्द्रित थियो ।

स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले व्यक्ति आफैले पनि पहिलो प्राथमिकता स्वास्थ्यमा दिनुपर्ने अर्यालको भनाइ छ ।

मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोख्रेल कोरोना संक्रमण त्रासका कारण मानसिक रोगीहरुलाई थप जोखिम रहेको र आत्महत्या गर्ने प्रवृति बढेको बताउँछन् ।

आफ्नो देश छाडेर जानुपर्ने चिन्ताले पनि कतिपयलाई मानसिक समस्या हुने अनि भाषा र कामको चिन्ता र अर्कोतिर परिवारसँग बिछोड हुनुपर्दाको पीडाले विदेशिएका युवाहरु डिप्रेशनसम्म पुग्ने गरेको डा. पोख्रेलले जानकारी दिए ।

‘आफ्नो परिवार देश छाडेर नयाँ देश जानु पर्दा यसैलाई तनावका रुपमा लिइयो भने डिप्रेशन हुन्छ’ उनले भने । तनाबका कारण विदेशमा नेपालीहरुले आत्महत्या गर्ने प्रवृति बढेको पनि उनले बताए ।

मानसिक रोग विशेषज्ञ डा. निस्हिता पाठक पहिलाको तुलनामा कोभिड महामारीपछि मानसिक रोग बढेको बताउँछिन् । धुमपान, मध्यपान गर्ने प्रवृति, कोरोना रोग बारे नबुझ्दा यसमाथि उब्जिएको त्रास तथा गर्भवती महिलाहरुमा पनि त्रासका कारण मानसिक रोग बढको उनको भनाइ छ । मानसिक समस्याबाट बच्न सकारात्मक सोच राख्नुपर्ने , अनाबश्यक तनाब लिन नहुने उनको सुझाव छ ।

मानसिक रोग लागिसकेपछि चिकित्सकको सल्लाहअनुसार नियमित औषधीको प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

मुटु रोग विशेषज्ञ डा. सुर्य देवकोटाले मुटु रोगिहरुलाई कोरोना संक्रमणको निकै जोखिम हुने बताए । अन्य अबस्थाका ३ प्रतिशत संक्रमितले ज्यान गुमाउने जोखिम रहेपनि मुटुरोगीहरुमा कोरोना संक्रमण हुँदा १० देखि १२ प्रतिशतले ज्यान गुमाउने अबस्था रहन्छ ।

‘मुटु रोगिहरु अत्ति जोखिम समुहमा पर्छन । यस्ता रोगीहरुले विशेष ध्यान दिनुपर्छ’ उनले भने ।

आफूसँग रोग भए पनि लुकाउने, गन्तव्य मुलुकमा पुगेपछि पनि सुगर, प्रेसर जस्ता रोगीहरुले आफूले प्रयोग गरिरहेको औषधी प्रयोग गर्न छाड्ने, धुमपान तथा मध्यपान गर्ने, शारिरीक व्ययम नगर्ने प्रवृतिले विदेशमा पुगेका अधिकांश युवाहरुमा मुटु रोग देखिने गरको उनले जानकारी दिए ।

सरकारले मापदण्ड तय गरेर नेपालमा नै मुटुको परीक्षण गरेर विदेश पठाउन सके यसबाट पनि धेरै समस्या सामाधान हुने उनी बताएँछन् ।

मृगौला रोग विशेषज्ञ डा. मिधान श्रेष्ठ किड्नीका विरामीहरु पनि कोरोना संक्रमणको निकै जोखिममा रहेको बताउँछिन् । किड्नीका विरामीहरुमा रोगसँग लड्ने क्षमता कम हुँदा जोखिम बढी हुन्छ ।

जोखिमबाट बच्न किड्नीका विरामीहरुले आफूले दैनिक प्रयोग गर्दै आएको औषधीहरु नछुटाइ प्रयोग गर्नुपर्ने उनको सल्लाह छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।