नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शुक्रबार बस्ने भनिएको सचिवालय बैठक आइतबारका लागि सरेको छ।

बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको थियो। बैठक असोज ४ गतेका लागि सरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले बताए। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक आइतबारका लागि सरेको जानकारी दिएका छन्।

बैठकमा मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक निकायमा रिक्त रहेका पद, सांगठनिक एकतालगायतका विषयमा छलफल हुने जनाइएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।