सेयर बजारमा उत्साहजनक वृद्धि, होटलको सेयरमा झुम्मिए लगानीकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सातको अन्तिम दिन विहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि भएको छ ।   

बुधबार ५.३६ अंकले बढेर बजार बन्द भएको  नेप्से परिसूचक बिहिबार ३०. ७८ अंकले बढेर  १५७२  १८ विन्दुमा कायम भएको छ ।   यसदिन १९१ कम्पनीको १ लाख १८ हजार ३ सय ४ कित्ता सेयर किनबेच भएको छ ।  ३ अर्ब ३१ करोड ५६ लाख ६४ हजार ३ सय १९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेको छ भने १ समूहको परिसूचक ओरालो लागेका छन् ।    

नेप्सेमा नन लाइफ इन्स्योरेन्सबाहेक अन्य सबै सूचकहरुमा वृद्धि भएको छ । लोमो समयपछि होटलहरुसमेत पूर्णरुपमा खुलेपछि होटल समूहको सेयरमा ठुलो उत्साह देखिएको छ । आजको कारोबारमा होटल समूहरुको १६१.५१ विन्दुको बढोत्तरी भएको छ ।   

त्यस्तै, हाइड्रोपावर समूहमा पनि ८८.३८ विन्दुको बढोत्तरी आएको छ भने डेभलपमेन्ट बैंकको समुहमा ६६.४  विन्दुको बढोत्तरी आएको छ ।   त्यसैगरि आजको कारोबारमा लाईफ इन्स्योरेन्स ४९.८८ फाइनान्स ४१.९५ बैंकिङसमुहमा २८.०७ विन्दुमा बढोत्तरी आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।