काठमाडौं । कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत नेपाली कांग्रेसका वरिष्ठ नेता शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
बिहीबार बिहान भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताएका छन्।
चाबहिलमा रहेको ओम नर्सिङ होमको आइसोलेसनमा कोइरालाको उपचार भइरहेको छ। ‘म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु,’ उनले सन्देशमा भनेका छन्,‘तपाईंहरुले चिन्ता गर्नु पर्दैन। दुई–तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु।’
मंगलबार शरीरको तापक्रम बढेपछि कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो। २३ भदौमा गरिएको परीक्षणमा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको थियो।
Comment