नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।

इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो।

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्।

सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ। – रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।