माउन्टेन इनर्जीको आईपीओ बिक्री खुल्यो, क-कसले भर्न पाउँछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। माउन्टेन इनर्जी नेपालले यसअघि स्थगित गरेको प्राथमिक साधरण सेयर (आइपीओ) बुधबारदेखि खुलेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ विक्री खुला गरेको हो ।

कम्पनीले यसअघि साउन २८ गतेदेखि आयोजना प्रभावित आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ निष्काशन गर्ने मिति तय गरेको थियो । त्यसबेला बाढी पहिरो लगायत कारणले रोकिएको आइपीओ कम्पनीले आजदेखि खुल्ला गरेको हो।

कम्पनीले धितोपत्र बोर्डबाट ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको छ । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता जारी गर्न लागेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता आइपीओ निष्काशन गर्नेछ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

स्थानीयका लागि खुलाइने आईपीओमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने छन् ।

कम्पनीले नुवाकोटको अति प्रभावित क्षेत्र पञ्चकन्या गाउँपालिका ४ (साविकको थप्रेक गाविस) र तादी गाउँपालिका २, ३ र ४ (साविक रालुकादेवी र सुन्दरादेवी गाविस) र प्रभावित क्षेत्र (तादी, पञ्चकन्या र लिखु गाउँपालिका) का स्थानीयका लागि कुल २ लाख ९ हजार ६६५ कित्ता सेयर छुट्याएको छ ।

त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाँउपालिकाको अतिप्रभावित क्षेत्र वडा नं. ४ (साविकको नारच्याङ गाविस) का स्थानीयका लागि ७ लाख ३ हजार ४६५ कित्ता र प्रभावित क्षेत्र अन्नपूर्ण गाँउपालिकाका स्थानीयका लागि १० लाख, ५५ हजार १९७ कित्ता गरी कुल १७ लाख ५८ हजार ६६४ कित्ता छुट्याएको छ ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ र सीबीआइएल क्यापिटल रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।