सामान्य अंकले घट्यो नेप्से, १ अर्ब ७९ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजार ओरालो लागेको छ ।

 पछिल्ला दिनदेखि लगातार दोहोरो अंकले बढिरहेको नेपाल स्टक एक्सचेञ्ज मंगलबार भने नेप्से परिसूचक  सामान्य अंकले घटेको हो ।  हो ।

मंगलबार नेप्से परिसूचक ४.७४ अंकले घटेर १५३६.३ विन्दुमा कायम भएको हो । यसदिन १९१ कम्पनीको ५७ लाख ९ हजार २ सय ६१  कित्ता सेयर किनबेच भएको छ ।

१ अर्ब ७९ करोड  ३७ लाख ७ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको परिसूचक उकालो लागेको छ भने ९ समूहको परिसूचक ओरालो लागेका छन् ।  

नेप्सेमा होटल, लाइफ इन्स्योरेन्स र म्यूचुअलफण्डबाहेक अन्य सबै सूचकहरु राताम्मे भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।