पिउने पानीको समायोजित मूल्य छिट्टै कार्यान्वयन हुन्छः संयोजक केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन्नि केसी, संयोजक, मूल्य कार्यान्वयन समिति, नेपाल बोटल वाटर उद्योग संघ

काठमाडौं । उपत्यका भित्र प्रशोधित पानीको मूल्यमा एकरुपता ल्याउने भन्दै वाणिज्य आपुर्ति तथा उपभोक्ता हित विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल वोटल वाटर उद्योग संघ, उपभोक्ता संरक्षण मञ्च लगायतका संस्थाहरुको आपसी समझदारीमा समायोजन गरिएको पानीको मूल्य अब कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।

काठमाडौं उपत्यकालाई लक्षित गरी गरिएको समायोजित मूल्य बमोजिम २० रुपियाँ प्रति बोटल अब १६ रुपियाँ कायम भएको छ । कम्पनी मूल्य प्रति बाकस १ सय १५ र बजार मूल्य १ सय ३५ बाकस कायम गरिएको छ ।

यसैगरी ६० रुपियाँ एमआरपी रहेको २० लिटर जारको पानीको खुद्रा मूल्य अब अधिकतम रु। ५० कायम गरिएको छ । जसमा कम्पनी मूल्य २० रुपियाँ प्रति जार र बजार मूल्य ३५ रुपियाँ कायम गरिएको छ ।

यो मूल्य हाल काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाको लागि लागु हुनेछ ।

तत्काल पानीको मूल्य समायोजन कार्य सहज नरहेको मूल्य कार्यान्वयन समितिका संयोजक सन्नी केसी बताउँछन् । यद्यपि विभिन्न सरोकारवाला निकायहरुसँगको सहकार्यमा पानीको मूल्य कार्यान्वयन गरेरै छोड्नेमा आफू प्रतिवद्ध रहेको समेत केसीले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।