बबई नदीमा बेपत्तामध्ये एकजनाको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया। बबई नदीमा एकजनाको शव साेमबार फेला परेको छ।

आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। 

माछा मार्न गएका बेला बबई नदीमा डुबेर उनी बेपत्ता भएका थिए।

यही भदौ २७ गते बबईमा नुहाउने क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय शनि थारुको अवस्था भने अझै अज्ञात छ।

उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।