कोरोना बीमा मापदण्ड संशोधन: नयाँ बीमितले २५ प्रतिशत भुक्तानी पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा समितिले कोरोना बीमा मापदण्ड परिवर्तन गरेको छ।

समितिले कोरोना बीमा मापदण्ड संशोधन गर्दै कोरोना बीमा गर्दा पाइने दाबी भुक्तानी रकम रकम घटाएको हो ।

नयाँ व्यवस्था अनुसार संक्रमण पुष्टि भएका व्यक्ति होम आइसोलेसन ठिक भएमा १ लाखको बीमा गर्नेले २५ प्रतिशत(२५ हजार) मात्रै रकम पाउनेछन्।

त्यस्तै संक्रमित व्यक्ति अस्पताल भर्ना हुनु परेमा वा आइसोलेसनमै औषधि उपचार खर्च वापत अधिकतम ७५ हजार पाउने छन् ।

तर संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल भने भुक्तानी नहुने समितिले जनाएको छ।

भदौ २८ अघि जारी गरिएका बीमा लेखमा भने पुरानै व्यवस्था लागू हुने छ। अर्थात सो मितिअघि बीमा गरेकालाई पिसिआर पोजेटिभपछि पूर्ण रकम (१ लाख वा ५० हजार) नै भुक्तानी हुनेछ।

बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो।

त्यस्तै कोरोना बीमामा अब निजी अस्पतालमा गरिएको पीसीआर रिपोर्टले पनि मान्यता पाएको छ । यसअघि सरकारी अस्पतालमा गरिएको पीसीआर परिक्षणका आधारमा मात्र दाबी गर्न पाइने व्यवस्था थियो ।

निजी प्रयोगशालाको पीसीआर रिपोर्टका आधारमा पनि कोरोना बिमामा दाबी भुक्तानी पाइने भएको छ ।

अब स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका निजी प्रयोगशालाका रिपोर्टका आधारमा पनि बिमा कम्पनीहरुले कोरोना बिमाको दाबी भुक्तानी दिनु पर्नेछ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोशालाहरुबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेश गर्नु पर्नेछ ।

नयाँ मापदण्डमा व्यक्तिगत बिमालेख खारेज गरी सामुहिक बिमालेख मात्र जारी गर्नु पर्ने उल्लेख छ । यो निर्देशन पछि बीमा कम्पनील व्यक्तिगत बिमालेख विक्री गर्ने छैनन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।