गौतमलाई राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गर्ने मन्त्रिपरिषदकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। सरकारले राष्ट्रियसभाकाे रिक्त एक सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मनोनीत गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्यमध्ये डा. युवराज खतिवडाको पदावधि सकिएपछि उक्त स्थानमा गाैतमकाे नाम सिफारिस गरिएकाे हाे। खतिवडाकाे पदावधि ६ महिनाअघि सकिएकाे थियाे।

यसअघि भदौ १८ गते बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।