स्वास्थ्य सामग्री खरिद प्रकरण: ओम्नी समूह एक वर्षका लागि सरकारको कालोसूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । स्वास्थ्य सामग्री खरिदमा विवादस्पद बनेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) समूह अनन्तः कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेको ओम्नी समूहले अब एक वर्ष सार्वजनिक निकायका कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैन ।

कोभिड(१९ को उपचारको लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा लापरबाही गरेपछि स्वास्थ्य सेवा विभागले गत चैतमा ओम्नीसँगको सम्झौता रद्द गरेको थियो।

विभागले त्यसबेला ओम्नीमार्फत एक अर्ब २५ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गर्ने गरी सम्झौता गरेको थियो।

स्वास्थ्य सामग्रीको बजार मूल्यभन्दा कैयौँ गुणा महँगो मूल्यमा सामान उपलब्ध गराएर सरकारी सम्पत्ति अपचलन गर्न खोजेको आरोप लागेपछि ओम्नीसँगको सम्झौता रद्द गरेर सरकारले नेपाली सेना मार्फत सरकार र सरकार ९जीटूजी० प्रक्रियाबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

स्वास्थ्य सामग्री खरिदमा सम्झौताबमोजिम काम गरेको भन्दै चौतर्फी आलोचना हुँदा समेत सरकारले ओम्नीलाई कालोसूचीमा राख्न नखोजेको भन्दै विरोध भएको थियो ।
ओम्नीसँगै वीटी निर्माण सेवा, टौदह कन्स्ट्रक्सन र फस्कु निर्माण सेवालाई पनि सामुहिक कालोसूचीमा राखएिको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

त्यस्तै अरुण कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खदिर अनुगमन कार्यालयले जनाएको छ ।

ओम्नी समुह स्वास्थ सेवा सम्बन्धि वस्तुको आपूर्ति प्रकरणमा मुछिएको कम्पनी हो भने अन्य कम्पनी निर्माणको कार्यमा संलग्न कम्पनी हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।