नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या, सेयर कारोबार रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणाली टीएमएसमा समस्या आउँदा कारोबार रोकिएको छ ।

नेप्सले आइतबार सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाललाई कारोबार रोक्का गरिएको जानकारी गराएको छ ।

टीएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको थियो। समस्या देखिएपछि हाललाई शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

बजार खुलेदेखि नै कहिले नेप्सेको साइट नै नखुल्ने त कहिले टीएमएस र र वेबसाइटमा फरक फरक तथ्यांक देखाउने समस्या आएको थियो । पटक पटक समस्या दोहोरिएपछि नेप्सेले कारोबार स्थगन गर्नु परेको नेप्सेले जनाएको छ ।

उक्त समस्या समाधन गर्न प्रयास जारी राखिएको र समस्या समाधा हुन साथ कारोबार सुरु हुने नेप्सेले जनाएको छ । सेवा अवरुद्ध हुँदा लगानीकर्ता प्रति पर्न गएको असुविधाप्रति नेप्सेले क्षमा मागेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।