सिन्धुपाल्चोक पहिरो अपडेट : छ जनाको शव भेटियो, २५ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यरातमा आएको पहिरोमा परि बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ ।

पहिरोले १८ घर बगाउँदा अझै कम्तिमा २५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।

दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये तीन जनाको परिचय खुलेको छ।

घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिक र ६० वर्षीया सर्किनी नेवार शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार अनुसार मध्यरातमा सबै सुतेका बेला माथिबाट आएको पहिरोले घर बगाएको थियो। बेपत्ता भएकाहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा पनि पुगेका छन् ।

यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।