महेश काफ्लेको ‘लज्जावती झार’ सार्वजानिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। महेश काफ्ले र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘लज्जावती झार’ सार्वजनिक भएको छ। महेशकै शब्द संगीतमा रहेको उक्त गीतमा उनीसँगै आँचल शर्मा र असिम शाहको अभिनय छ।

हरि हुमागाईंले खिचेको भिडिओ लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। प्रेममा आधारित गीतको भिडिओलाई असिफ शाहले निर्देशन गरेका हुन्।

यसअघि महेशको स्वर र फिचर्ड गीत ‘माया बिरानी’ निकै रूचाईएको थियो। उक्त गीतमा पनि आँचलको अभिनय थियो। झण्डै एक वर्षपछि मशेहले ‘लज्जावती झार’ ल्याएका हुन्।

यसअघि महेशको स्वरमा रहेको ‘नाच फिरिरी’ले पनि चर्चासँगै विभिन्न अवार्डसमेत जितेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।