कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०० पुगेको छ। यस्तै, सोमबार नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा‍. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १७३६ जना घर फर्किएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।