१२.१७ अंकले घट्यो नेप्से परिसूचक, दुइ अर्ब बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आइतबार नेप्से १०.४५ अंकले घटेर बजार बन्द भएको सेयर बजार मापक सूचक नेप्से सोमबार पनि १२.१७ अंकले घटेर १४८७.८१ विन्दुमा कायम भएको हो ।

यसदिन १९२ कम्पनीको ५५ लाख ९५ हजार ५ सय ५१ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब १६ करोड ४९ लाख ३० हजार २ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये चार समूहको परिसूचक उकालो लागेको छ भने ८ समूहको परिसूचक ओरालो लागेका छन् ।

व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २२.९६ अंकले बढेको छ भने जीवन बीमा समूह ९२.५४ अंकले घटेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै २८ करोड ४० लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

३ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । घट्दो बजारमा पनि उन्नति सहकार्य लघुवित्त, युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सेयर बजार विरोधी भनेर आरोप लागेका अर्थमन्त्री युवराज खतिवडाको वहिर्गमनले बजारमा उछाल आउने लगानीकर्ताको अनुमान थियो । खतिवडा वहिर्गमनपछि बजार लगातार ओराला लागि रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।