बँदेल मार्न थापिएको विद्युतीय पासोमा करेन्ट लाग्दा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली। गोदावरी नगरपालिका-५ कटान बस्ने २३ वर्षीय सन्तोष विकको करेन्ट लागेर मृत्यु भएको छ।

कञ्चनपुर कृष्णपुर नगरपालिका ८ र ९ राजघाट जंगलमा उनी समेत ७ जना काठ चोर्न गई फर्किने क्रममा बदेल मार्न थापिएको विद्युतीय पासोमा पर्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने श्याम विकको नवजिबन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।