तोलामा ३०० ले घट्यो सुनको भाउ, चाँदीको बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केहिदिन उकालो लागेको सुनको भाउ फेरि लगातार घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तीन सय रुपैयाँ सस्तिएको हो ।

अघिल्लो दिनको तुलनामा तोलाको तीन सय रुपैयाँ घटेको छापावाल सुन ९६ हजार १ सय रुपैयाँ तोकिएको छ ।

छापावाल सुन सस्तो बन्दा तेजाबी सुन पनि ३ सय रुपैयाँले नै घटेर तोलाको ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबारको सुनको मूल्य साउन २८ गतेयताकै सबैभन्दा कम हो । सुन सस्तिँदा शुक्रबार चाँदी भने १० रुपैयाँले महँगो बनेर तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।