काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका ३२६ , ललितपुरका ३७ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७  र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।