‘कोरोनाविरुद्धको खोप नोभेम्बर-डिसेम्बरसम्ममा आउँछ’- वरिष्ठ कोरोना विशेषज्ञ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणको महामारी कायमै रहेको छ । चीनबाट सुरु भएको कोरोना संक्रमणको महामारी एकवर्ष पुग्न लाग्दापनि यस विरुद्धको खोपको चर्चा चलेपनि अहिले आउने भन्नेमा टुंगोभने लागेको छ ।

शक्तिशाली देशहरु खोप निमार्णको प्रक्रियामा रहेपछि आधिकार रुपमै टुंगो भने लगाएका छैन् ।

अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डा. एन्थोनी फाउचीले आउने अक्टोरसम्म कोरोनाविरुद्ध खोप बजारमा आउने सम्भावना एकदम कम भए पनि असम्भव नै भने नदेखिएको बताएका छन्।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका उनले बिहीबार सीएनएनसँगको अन्तर्वार्तामा भने, ‘मलाई लाग्छ, धेरैलाई के विश्वास छ भने नोभेम्बर–डिसेम्बरसम्ममा खोप आउँछ।’

विश्वले चाँडोमा कहिलेसम्म खोप पाउला त भन्ने प्रश्नमा डा। फाउचीले भने, ‘आउने अक्टोबरसम्मम खोप आउने अनुमान गरिएको छ तर यति चाँडै नहोला कि जस्तो पनि लाग्छ।’ बीबीसी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।