विराटनगरमा एक हजार शय्याको आइसोलेसन केन्द्र बनाउने निर्णय।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर। कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रदेशस्तरीय सीसीएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तीमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो।

सीसीएमसीको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशीघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेश भित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न निर्देशन गरेका छन्।

आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई प्रदान गरिएको छ। आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन हुनेछन्।

बैठकले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यु आदिलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड-१९ को चेन ब्रेक गर्ने र कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसँग समन्वयात्मकरूपमा अगाडि बढ्ने नीति लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।