सेयर बजारमा उछाल: दुई घण्टामै दुई अर्ब बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा उछाल देखिएको हो । बुधबार सेयर बजारमा नेप्से परिसूचक सँगै कारोबारमा पनि उछाल देखिएको हो ।

कारोबार खुलेको दुई घण्टामै बजारमा दुई अर्बभन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

१२ बजेसम्ममा बजारमा ४५ लाख ४१ हजार ३७८ कित्ता सेयर किनेबच हुँदा दुई अर्ब १५ करोडमाथिको कारोबार भएको छ । भने नेप्से २६.३७ अंकले बढेर १५०० विन्दुमाथि १५११.३६ अंकमा पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।