चट्याङ लागेर एकजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ। ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।

मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका-१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो।

चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो।

यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँचजना घाइते भएका छन्।

सामान्य घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।