राप्ती प्रादेशिक अस्पतालका सेवा सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ। दुई चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण देखिएपछि बन्द गरिएका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले आजदेखि सेवा दिन थालेको छ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पदमराज अधिकारीका अनुसार आपतकालीन र प्रसूति सेवा सुरु भएको हो।

शनिबार बन्द गरिएको उक्त अस्पतालले साेमबार साँझ ५ बजेदेखि यी दुई सेवा सञ्चालन गरेको हो।

अस्पताल विकास समितिको बैठकले सङ्क्रमण रोकथामका लागि स्यानिटाइजेसन, आइसोलेसन र अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा भर्ना भएका बिरामीको स्वाब सङ्कलनपछि सेवा सुरु गरेकाे हो।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी गरी ५० जनाको स्वाब सङ्कलन गरिएकामा ९ जनाको रिपोर्ट पोजिटिभ आएपछि बन्द गरिएको थियो।-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।