एक वर्षमा ९९ अर्ब ३० करोड बराबरको धितोपत्र सूचीकृत, जलविद्युत् कम्पनीको हिस्सा ५.४ प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४७ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन ।

३३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/ ४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन्।

२०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो । गत आर्थिक वर्ष २०७६/७७ झन्डै १ खर्बको रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको असार मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत्, उत्पादनमूलक लगायत कम्पनीको ९९ अर्ब ३० करोड रुपैयाँ बराबरको धितोपत्र एक्सचेन्जमा सूचीकृत भएका हुन् ।

यस अवधिमा विभिन्न वाणिज्य बैंकहरूको ३१ अर्ब ९४ करोड रुपैयाँ बराबरको डिबेन्चर सूचीकृत भएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले अनिवार्य रूपमा चूक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि धमाधम ऋणपत्र जारी भई सूचीकृत हुने क्रममा छन् । केही बैंककोऋणपत्र भने दोस्रो बजारमा समेत कारोबार भइसकेको छ ।

यस्तै सो अवधिमा २८ अर्ब १५ करोड बराबरको बोनस सेयर, १३ अर्ब ६४ करोड बराबरको साधारण सेयर (आइपीओ), ५ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ६९ करोड बराबरको हकप्रद सेयर र १५ अर्ब १४ करोड बराबरको अन्य गरी कुल ९९ अर्ब ३० करोड रुपैयाँ बराबरको थप धितोपत्र स्टकमा सूचीकृत भएका छन् ।

असार मसान्तसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड सेयर संख्याको चुक्ता मूल्य ४ खर्ब ८३ अर्ब करोड रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७८.२ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा ५.४ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ११.३ प्रतिशत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।