विश्वभर थपिए कोरोना भाइरसका २ लाख ६२ हजार ६७५ नयाँ संक्रमित, ८ लाख ३४ हजारले ज्यान गुमाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विश्वभर गत २४ घण्टामा कोरोना भाइरसका २ लाख ६२ हजार ६७५ नयाँ संक्रमित थपिएका छन्।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस सबैभन्दा धेरै भारतमा ७६ हजार ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ।

त्यस्तै अमेरिकामा ४५ हजार ६९९, ब्राजिलमा ४२ हजार ४८९ र अर्जेन्टिनामा १० हजार १०४ जना संक्रमित थपिएका छन्।

हालसम्म विश्वकै सबैभन्दा धेरै अमेरिकामा ६० लाख ४६ हजार ६४ जनामा संक्रमण देखिएको छ। त्यस्तै ब्राजिलमा ३७ लाख ६४ हजार ४९३ र भारतमा ३३ लाख ८४ हजार ५७५ जनामा कोरोना भाइरस देखिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय ६० जनाको मृत्यु भएको छ। जसमध्ये सबैभन्दा धेरै अमेरिकामा १ हजार १२५, भारतमा १ हजार ६५ र ब्राजिलमा ९७० जना छन्।

योसँगै विश्वभर २ करोड ४६ लाख ५ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने हालसम्म ८ लाख ३४ हजार ७७२ जनाले न्यान गुमाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।