महाराजगञ्ज प्रहरी वृत्तका २२ जनामा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार संक्रमित प्रहरीहरुलाई आइसोलेशनमा राखिएका छ ।

वृत्तमा मनमैजुमा भएको हत्याकाण्डका एक आरोपितबाट कोरोना सरेको बताइएको छ । गत ३१ साउनमा प्रहरीले मनमैजु हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुमा कोरोना संक्रमण रहेका कारण तीनै व्यक्तिबाट प्रहरीमा कोरोना सरेको हो । सुरूमा ९ प्रहरीमा कोरोना देखिएको थियो ।

पक्राउ परेका ती व्यक्तिलाई महाराजगञ्जस्थित प्रहरी अस्पतालमा राखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।