भारतमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, संक्रमितको संख्या ३३ लाख नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो ।

वल्डोमिटर्सका अनुसार हिजो मात्र भारतमा अहिलेसम्मकै धेरै, ७५ हजार ९९५ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ बाट एक हजार १७ जनाको मृत्यु भएको छ। अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ ।

भारतमा संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४०० जनाको उपचार भइरहेको छ ।

विश्वमा भारतभन्दा अगाडि अमेरिका र ब्राजिल रहेका छन्। तर, दैनिक संक्रमणदरमा झण्डै तीन सातादेखि भारतले अमेरिका र ब्राजिललाई उछिन्दै आएको छ। अमेरिकामा जम्मा संक्रमित संख्या ५९ लाख ९८ हजार ३०१ रहेको छ भने ब्राजिलमा ३७ लाख २२ हजार ४ रहेको छ।

कोभिड–१९ का कारण अमेरिका एक लाख ८३ हजार ६०७ र ब्राजिलमा एक लाख १७ हजार ७५६ जनाको मृत्यु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।