कोरोनाबाट काठमाडौंका ३ सहित थप ७ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षिया महिला, ७२ र ६६ वर्षिया पुरुष, सिरहाका २२ वर्षिया पुरुष, पर्साका ६८ वर्षिया पुरुष, धनुषाका ७६ वर्षिया पुरुष, रुपन्देहीका ५३ वर्षिया पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।