शोधानान्तर २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ वचतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो ।

सरकारले महँगा तथा विलासी वस्तु आयातमा कडाई गरेका कारण शोधानान्तर स्थितिमा सुधार आएको हो । त्यसका साथै कोरोनाका कारण गत चार महिनादेखि आयातमा पनि कमी आएको छ ।

आयातमा आएको कमीका कारण शोधानान्तर बचतमा रहेको हो । गत वर्ष शोधानान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा थियो । गत वर्ष आयात १५.६ प्रतिशतले घटेको देखिएको छ । गत वर्ष ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो भने ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा कूल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन आई १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले कमी आई ३२ अर्ब ६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड थियो । आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी १४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि १९ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्येक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।