२४ घण्टामा विश्वमा २ लाख ६ हजार कोरोना संक्रमित थपिए,४ हजारको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वमा पछिल्लो चौबिस घण्टामा दुई लाख ६ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा चार हजार २३५जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सबैभन्दा धेरै भारतमा ६१ हजार ७४९जना संक्रमित थपिएका छन्। यस्तै, अमेरिकामा ३२ हजार ६३१, ब्राजिलमा २३ हजार ८५, रुसमा चार हजार ८५२, दक्षिण अफ्रिकामा दुई हजार ७२८, पेरुमा ९ हजार ९० जना संक्रमित थपिएका छन्।

यसैगरी, मेक्सिकोमा ६ हजार ४८२, कोलम्बियामा ८ हजार ४, चिलीमा एक हजार ९५७ र इरानमा दुई हजार ११३ जना संक्रमित थपिएका छन्।

यससँगै विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड ३५ लाख ७७ हजार ५६२ पुगेको छ। यसमध्ये एक करोड ६० लाख ७५ हजार २१७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १२ हजार १८१ जनाको मृत्यु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।