भारतमा एकैदिन थपिए ७० हजारभन्दा बढी कोरोना संक्रमित,संक्रमितको संख्या ३० लाख नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा एकै दिन ७० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् ।

वल्डोमिटर्सका अनुसार भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको छ। यसमध्ये २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ५६ हजार ८४६ जनाको मृत्यु भएको छ। भारतमा सक्रिय संक्रमितको संख्या सात लाख ६ हजार ६९० रहेको छ।

भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ५६ हजार ८४६ जनाको मृत्यु भएको छ। भारतमा सक्रिय संक्रमितको संख्या सात लाख ६ हजार ६९० रहेको छ।

भारत विश्वमा कोरोना संक्रमण उच्च हुने देशको तेस्रो स्थानमा छ। पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन्। ब्राजिल र भारतबीचको संक्रमणदुर खुम्चिँदै गएको छ। र, दुवै देशमा सात लाख सक्रिय संक्रमित छन्। वल्डोमिटर्सका अनुसार ब्राजिलमा ७ लाख ५८ हजार ७८३ जना सक्रिय संक्रमित छन्।

भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ हुँदा ब्राजिलमा ३५ लाख ८२ हजार ६९८ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।