विश्‍वभर एक करोड ५८ लाख मानिस कोरोनाबाट निको भएर घर फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ५९ हजार ६९० पुगेको छ।

संक्रमितमध्ये हालसम्म एक करोड ५८ लाख ९१ हजार ५०२ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन्।

हाल संक्रमित अवस्थामा ६६ लाख ६० हजार ४८५ जना मात्र सक्रिय संक्रमित छन्।

सबैभन्दा धेरै अमेरिकामा, ५८ लाख ४० हजार ८६९ जनामा संक्रमण देखिएको छ। अमेरिकामा ३१ लाख ४७ हजार ५८ जना संक्रमणमुक्त भइसकेका छन्। यसैगरी, ३५ लाख ८२ हजार ६९८ जनामा संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना स्ंक्रमणमुक्त भएका छन्।

३० लाख ४३ हजार ४३६ जनामा संक्रमण देखिएको भारतमा २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका वल्डोमिटर्सको तथ्यांमा उल्लेख छ। कोरोना संक्रमणबाट विश्वमा अहिलेसम्म ८ लाख ७ हजार ७०३ जनाको मृत्यु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।