कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउछ – डब्ल्यूएचओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै नियन्त्रणमा आउने बताएका छन् ।

शुक्रवार जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए।

तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस ‘कम समयमा’ नियन्त्रणमा आउन सक्ने उनले बताए।

‘पक्कै पनि बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ,’ उनले भने। ‘तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ।’

सन् १९१८ को घातक फ्लूका कारण कम्तीमा ५ करोडले ज्यान गुमाएका थिए।

हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी सङ्क्रमित भएका छन्।

महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) सँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई ‘अपराधको’ सङ्ज्ञा दिए। ‘कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन,’ उनले भने।

‘तर वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्या हो। किनकि स्वास्थ्यकर्मीहरूले पीपीई बिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो। र त्यसले उनीहरूले सेवा गरिरहेकाहरूको ज्यान समेत खतरामा पार्छ।’

उक्त प्रश्न दक्षिण अफ्रिकासँग सम्बन्धित भए पनि अन्य विभिन्न मुलुकहरूमा यस्तै किसिमको समस्या भोगिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।