काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा हुने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार साँझ बसेको संयुक्त बैठकले भोलिबाट निशेषाज्ञा लगाउने निर्णय गरेको हो। निषेधाज्ञा भदौ ३ गते राति १२ बजेदेखि एक सातासम्म जारी रहने छ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन्। यो अवधीमा सम्पूर्ण यातायातका साधन पनि चल्न पाउने छैनन् ।

सरकारले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीहरूलााई दिएको छ। सोही आधारमा उपत्यकाका तिनै जिल्लाका सिडिओहरू कोरोना नियन्त्रणका लागि यस्तो निर्णयमा पुगेका हुन्।

आज मात्र उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।