सेयर बजार लयमा फर्कियो, सूचक दोहोरो अंकले बढ्दा १ अर्ब बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार १७.३३ अंकले घटेर कारोबार बन्द भएको नेप्से सोमबार १०.७५  अंकले बढेर १४०२.२१ विन्दुमा कायम भएको हो ।

यसदिन १८४ कम्पनीको १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भएको छ । ३५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत् बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १६२.१३ अंकले घटेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।