सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ ।

साताको पहिलो दिन हिजोबाट नै सुनचाँदीको मूल्य घट्न थालेको थियो ।  आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । हिजो पनि सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपियाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।