यी हुन् बजेट नल्याउने ७८ स्थानीय तह ,कानुनी सीमा ठाडै उल्लंघन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। चालू आर्थिक वर्ष सुरू भएकाे एक महिना बितिसक्दा पनि मुलुकका ७१ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन्।

चालु आर्थिक वर्ष २०७७/७८ को बजेट गत असार १० गतेभित्र पेस गरिसक्नुपर्ने कानुनी सीमा ती स्थानीय तहले ठाडै उल्लंघन गरेका हुन्।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट (आम्दानी र खर्चको अनुमानित विवरण) नगर/गाउँसभामा अनिवार्य पेस गर्नुपर्ने व्यवस्था छ। त्यसरी पेस भएको बजेट असार मसान्तअगावै पारित गर्नुपर्ने हुन्छ।

सभाबाट बजेट पारित नगरी खर्च गर्नु पूर्णतया गैरकानुनी मानिन्छ। तर, अहिलेसम्म बजेट नै पेस नगरेका यी स्थानीय तहले साउन १ देखि ‘गैरकानुनी’ रूपमा खर्च गर्ने प्रस्ट देखिन्छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बजेट पेस नगर्ने स्थानीय तहमध्ये ५५ गाउँपालिका र २३ नगरपालिका छन् । मुलुकमा ७ सय ५३ स्थानीय तह छन्।

अहिलेसम्म बजेट पेस नगर्ने स्थानीय तह सबैभन्दा बढी प्रदेश २ का ४३ वटा छन्। यसैगरी सुदूरपश्चिम प्रदेशका आठ, प्रदेश १ र बागमती प्रदेशका सात/सात, गण्डकी प्रदेशका चार तथा प्रदेश ५ र कर्णाली प्रदेशका एक/एक स्थानीयले बजेट पेस गरेका छैनन्। राजधानी काठमाडाैंकाे दक्षिणकाली नगरपालिका र भक्तपुरकाे ठिमी नगरपालिकाले समेत हालसम्म बजेट पेस गरेका छैनन्।

आर्थिक वर्ष २०७६/७७ को बजेट नल्याउने स्थानीय तहको सूचीः

प्रदेश १:
१. उदयपुरगढी गाउँपालिका, उदयपुर
२. जन्तेढुंगा गाउँपालिका, खोटाङ
३. पाँचखाल नगरपालिका, संखुवासभा
४. भोटखोला गाउँपालिका, संखुवासभा
५. मेन्छयायेम गाउँपालिका, तेह्रथुम
६. सोताङ गाउँपालिका, सोलुखुम्बु

प्रदेश २:
१. औरही गाउँपालिका, सिराहा
२. कल्याणपुर नगरपालिका, सिराहा
३. बरियारपट्टी गाउँपालिका, सिराहा
४. विष्णुपुर गाउँपालिका, सिराहा
५. वृन्दावन नगरपालिका, रौतहट
६. बौधीमाई नगरपालिका, रौतहट
७. कटहरिया नगरपालिका, रौतहट
८. गुजरा नगरपालिका, रौतहट
९. फतुवाविजयपुर नगरपालिका, रौतहट
१०. कालिकामाई गाउँपालिका, पर्सा
११. जगरनाथपुर गाउँपालिका, पर्सा
१२. जिराभावानी गाउँपालिका, पर्सा
१३. ठोरी गाउँपालिका, पर्सा
१४. धोबिनी गाउँपालिका, पर्सा
१५. विन्दबासिनी गाउँपालिका, पर्सा
१६. पकाहा मैनपुर गाउँपालिका, पर्सा
१७. सखुवा प्रसौनी गाउँपालिका, पर्सा
१८. कोल्हवी नगरपालिका, बारा
१९. बरागढी गाउँपालिका, बारा
२०. सुवर्ण गाउँपालिका, बारा
२१. महागढीमाई नगरपालिका, बारा
२२. छिन्नमस्ता गाउँपालिका, सप्तरी
२३. तिरहुत गाउँपालिका, सप्तरी
२४. बलान–विहुल गाउँपालिका, सप्तरी
२५. विष्णुपुर गाउँपालिका, सप्तरी
२६. बोदेबरसाईन नगरपालिका, सप्तरी
२७. महादेवा गाउँपालिका, सप्तरी
२८. राजविराज नगरपालिका, सप्तरी
२९. सप्तकोशी नगरपालिका, सप्तरी
३०. बलरा नगरपालिका, सर्लाही
३१. रामनगर गाउँपालिका, सर्लाही
३२. मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
३३. राजगढ (बेल्ही चपेना) गाउँपालिका, धनुषा
३४. कमला नगरपालिका, धनुषा
३५. सबैला नगरपालिका, धनुषा
३६. रामगोपालपुर नगरपालिका, महोत्तरी
३७. औरही नगरपालिका, महोत्तरी

प्रदेश ३:
१. कैलाश गाउँपालिका, मकवानपुर
२. खानीखोला गाउँपालिका, काभ्रे
३. चौरीदेउराली गाउँपालिका, काभ्रे
४. तेमाल गाउँपालिका, काभ्रे
५. पाँचखाल नगरपालिका, काभ्रे
६. गंगाजमुना गाउँपालिका, धादिङ
७. त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ
८. तीनपाटन गाउँपालिका, सिन्धुली
९. फिक्कल गाउँपालिका, सिन्धुली
१०. भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक
११. सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
१२. म्यागङ गाउँपालिका नुवाकोट

गण्डकी प्रदेशः
१. आरूघाट गाउँपालिका, गोरखा
२. चुमनुब्री गाउँपालिका, गोरखा
३. सिरानचोक गाउँपालिका, गोरखा
४. बौदीकाली गाउँपालिका, नवलपरासी
५. हरिनाथ गाउँपालिका, स्याङजा

प्रदेश ५:
१. प्रतापपुर गाउँपालिका, नवलपरासी
२. गेरुवा गाउँपालिका, बर्दिया
३. पुथा उत्तरगंगा गाउँपालिका, रुकुम (पूर्व)
४. ओमसतिया गाउँपालिका, रुपन्देही
५. मायादेवी गाउँपालिका, रुपन्देही
६. शुद्धोधन गाउँपालिका, रुपन्देही
७. लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देही

कर्णाली प्रदेशः
१. खार्पुनाथ गाउँपालिका, हुम्ला
२. चंखेली गाउँपालिका, हुम्ला
३. चन्दननाथ नगरपालिका, जुम्ला
४. छार्का ताङसोङ गाउँपालिका, डोल्पा
५. ठूलीभेरी नगरपालिका, डोल्पा
६. डोल्पो बुद्ध गाउँपालिका, डोल्पा

सुदूरपश्चिम प्रदेशः
१. कृष्णपुर नगरपालिका, कञ्चनपुर
२. पुर्चौडी नगरपालिका, बैतडी
३. बूढीगंगा नगरपालिका, बाजुरा
४. लेकम गाउँपालिका, दार्चुला
५. ब्याँस गाउँपालिका, दार्चुला

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।