नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या एकसय नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट कपिलवस्तुको मायादेवी गाउँपालिका–७, का ४० वर्षीय पुरुष, पर्सा वीरगञ्ज महानगरपालिका–१२, का ६० वर्षीय पुरुष र धनुषा जनकनन्दनी गाउँपालिका–४, का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।