पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न प्रेस युनियनको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।

जयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई दिनदेखि सम्पर्कविहीन बानियाँको शव मकवानपुर, भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। साउन २६ गते बल्खुस्थित वागमती खोलाबाट बेपत्ता भएको भनिएका वानियाँको मङ्गलबार बिहानै शव फेला परेपनि बुधवार मात्रै पहिचान भएको थियो। अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका वानियाँको मृत्यु दुर्घटनाका कारण, आत्महत्याका कारण वा हत्या के कारणबाट भएको हो यकिन नभएको अवस्थामा अनेक शंका पैदा भएको छ।’

यसका साथै युनियनले उनको मृत्यु उनले विगतमा लेखेका समाचारसँग जोडिएर भएको छ वा छैन भन्‍ने पनि प्रश्‍न उठाएको छ भने बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य वाहिर ल्याउन नेपाल प्रहरी सहित सम्वन्धित पक्षसँग जोडदार माग गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।