‘रुस भ्याक्सिनको विषयमा अघि नबढोस्’-डब्ल्यूएचओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले तयार पारेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई थाहा नभएकाले यसको मूल्यांकन गर्न नसकिएको बताएको छ। 

डब्ल्यूएचओ अन्तर्गतको पान-अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘‘भनिँदै छ कि, रुसले भ्याक्सिन बनाउन शुरू गरेको छ, तर जबसम्म ट्रायल पूरा हुँदैन तबसम्म प्रयोग गरिनु हुन्न।’’

जसले भ्याक्सिन बनाए पनि त्यो सुरक्षित हुनु पर्ने र त्यसलाई डब्ल्यूएचओको सिफारिस आवश्यक पर्ने उनको भनाइ छ। गत साता रुसलाई डब्ल्यूएचओले अन्तर्राष्ट्रिय गाइडलाइन पालना गरेरमात्रै भ्याक्सिन बनाउन सल्लाह दिएको थियो।

रुसले आज १२ तारिखदेखि आफूले बनाएको भ्याक्सिन प्रयोगमा ल्याउने घोषणा गरेको थियो। भ्याक्सिनको तेस्रो चरणको परीक्षण पूरा भएको र कोरोना रोकथामका लागि त्यो उपयोगी भएको रुसको भनाइ छ। (बीबीसी)

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।