नेप्से परिसूचक ६.६१ अंकले घट्यो, १ अर्ब २७ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार घटेको छ ।

सोमबार ३७.७४ अंकले बढेर बन्द भएको नेप्से मंगलबार भने ६.६१ अंकले घटेर १४२३.८१ विन्दुमा कायम भएको हो ।

यसदिन १९० कम्पनीको १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

३६ लाख ३० हजार ८४५ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार नेप्सेमा म्यूचुअल फण्डबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।