कैलाली । डोटीको आदर्श गाउँपालिका-१ बाँझककनीमा घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ।
सोमबार राति करिब एक बजे स्थानीय लोगे विकको घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३५ वर्षीया विष्णादेवी लुहार, छोरा ११ वर्षीय पारस, छोरीहरू ७ वर्षीया सिरु र ४ वर्षीया जेनिसा रहेको प्रहरीले जनाएको छ ।
घटनामा लोगे लुहारसहित आमा पाना लुहार, सासुआमा झागी विक र सालो देबु विक घाइते छन्। घाइतेलाई उपचारका लागि शैलेश्वरी अस्पताल दीपायल पुर्याएको छ।
चारजनाको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
Comment