बोतल र जारको पानीको मूल्य सरकारले तोक्यो(मुल्यसुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पिउने पानी जार र बोतल (मिनिरल वाटर) को न्युनतम समर्थन मूल्य तोकेको छ ।

वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलको पानी र जारको पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको हो ।

तोकिएको मूल्य अनुसार प्रशोधित पिउने पानी प्रतिजार ५० रुपैयाँ र प्रशोधित पिउने पानी प्रतिकार्टुन (१६ बोतल भएको) १५० रुपैयाँसम्ममा बेच्न पाइने छ ।

अब पानीको जार उत्पादक कम्पनीले २० रुपैयाँमा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैयाँसम्म बेच्न पाउनेछन् भने एमआरपी ५० रुपैयाँ तोकिएको छ। सरकारको यो निर्णयले व्यापारी खुसी छाएपनि उपभोक्ता भने मारमा परेका छन् ।

अहिले बजारमा जारको पानि ३० देखि ४० रुपैयाँमा पानीको जार किन्न पाइन्छ। सरकारको यस निर्णयले पानी उत्पादन गर्ने फ्याक्ट्रिका मालिक मालामाल हुनेछन् भने किनेर खाने सर्वसाधारणमा भने मार थपिएको छ ।

बानियाँटार स्थित अक्वापिसबाट फिलिङ गरेर पानी बेच्दै आएका बलराम खतिवडाले सोमबार दिउँसो पानीको जारको मूल्य प्रतिजार २० देखि ३० रुपैयाँ दरले विक्री गर्ने गरेको बताए ।

आफुहरुले कम्पनीबाट किनेको मूल्यमा ५- ७ रुपैयाँ राखेर बेच्ने गरेपनि ढुवानी भाडा, कर्मचारी खर्च सबै जोड्दा प्रतिजार २ रुपैयाँ नाफाहुँदा पनि सन्तुष्ट हुनु परेको छ उनले भने ।

त्यस्तै विभागले तोकेको मूल्यमा बेच्न पाए आफूले गरेको परिश्रमको फल आउने थियो, तर बजारमा पानी बेच्नेको बिगविगीका कारण विभागले मूल्य भन्दा पनि गुणस्तरको विषयलाई हेर्नुपर्ने हो।

सरकारले तोकेको मूल्यामा बजारमा पनि बेच्नको लागि कठिन हुने र यो निर्णयमा टेकेरे कम्पनीले फिलिङगर्ने व्यापारीहरुमा मूल्य बढाउलान् कि भन्ने चिन्ता लागेको उनले बताए ।

केहि वर्ष बजारमा पनिको उहि भाउ चल्दै आएको र बजार प्रतिस्पर्धामा मूल्य एकरुपता नहुँदा नयाँ मूल्यमा आफुहरु गइहाल्दा पनि थप कठिनाई हुने उनको भनाई थियो ।

मूल्य बढाउनु न्यायोचित होइन,’ उनले भने। खाद्य ऐन २०२३ ले तोकेको मापदण्ड पूरा नगरेका पानी उद्योगहरु अहिले खुलेआम संचालन भएर गुणस्तरहीन र स्वास्थ्यलाई प्रतिकूल असर पार्ने पानी उत्पादन गरिरहेकाले त्यसलाई रोक्नेतर्फ विभाग लाग्नुपर्ने उनको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।