सेयर बजारमा उच्च अंकको वृद्धि, १ अर्ब ५५ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  साताको पहिलो दिन आइतबार  ११.३० अंकले बढेर बन्द भएको सेयर बजारमा  सोमबार उच्च अंकको वृद्धि देखिएको  छ । 

सोमबार सेयर बजार मापक सूचक नेप्से ३७.७४ अंकले बढेर १४३०.४१ बिन्दुमा पुगेको छ ।

यसदिन १८९ कम्पनीको १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ ।

दुई वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५. ७० प्रतिशतले घटेको छ ।  निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २८३.०८ अंकले बढेको छ ।

कोराबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।