घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँ घटेर एक लाख दुई हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य एक लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँ नै घटेर एक लाख दुई हजार १०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेर एक हजार ४१० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साउन ७ गते छापावाल सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ (त्यतिबेलासम्मको सर्वाधिक) कायम भएको थियो। त्यसयता सुनको मूल्य दिनहुँ बढिरहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।